ब्लाष्टखबर । धरान १६ स्थित सियोन स्कुलमा एक कर्मचारीले छात्रा माथि दुव्र्यबहार भएको भन्दै आएको विषयमा विद्यालयले खण्डन गरेको छ ।

आफनो स्कुलको बदनाम गर्ने गरी सुनियोजित रुपमा समाचार आएको भन्दैं आज स्कुलले पत्रकार सम्मेलन गरि समाचार निराधार भएको दावी गरे । पत्रकार सम्मेलनमा एउटा अनलाइनले १८ लाख मागेको र नदिदा स्कुललाई बद्नाम गर्ने गरि सुनियोजित समाचार लेखेको स्कुलका निर्देशक खड्गबहादुर थापा मगर बताए । विद्यालयमा त्यस्तो कुनै प्रकारको गतिविधि नभएको र  विद्यालय बाल मैत्री, पारिवारी वातावरणमा रहको र जानकारी गराएका छन् । उनले निरन्तर काठमाडौबाट चलेको एउटा अनलाइनले सुनियोजित तवरले विद्यालयको नाममा भ्रामक अफवा फैलाएपछि वाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उनले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।