धरान / कोरोना भाइरसका कारण विश्वका झण्डै ८५ करोड विद्यार्थीको पढाई प्रभावित भएको छ ।
विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले जनाएको छ ।

यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा ‘अप्रत्याशित चुनौती’ आएको बताएको छ । विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । नेपालमा पनि आजदेखि सबै विद्यालयहरु बन्द भएका छन् । भोल िहुने भनिएको एसइई परीक्षासमेत नेपाल सरकारले अप््रत्यासित स्थगित गरेको छ । केही बेर अघि सबै तयारी भएको जानकारी गराएको परीक्षा बोर्डले साँझमा भने परीक्षा स्थगित गरेको सासूचना सार्वजनिक गरेको थियो । करिव ३ हप्ता सबै विद्यार्थीहरुलाई घरमे राख्न आग्रह गरिएको छ ।