धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाको जिम्मा पाएको भिआइपी सेक्युरिटी सर्भिस प्रालिले मोबाइल टोली परिचालन गरेको छ ।
प्रतिष्ठानमा हुने चोरी तथा विभिन्न स्थानमा हुने भीडभाडलाई नियन्त्रण गर्न मोबाइल टोली बनाएको हो । भिआइपीले गत फागुन १५ गतेदेखि सुरक्षाको जिम्मेवारी पाएको छ । २४ सै घण्टा सुरक्षा फिल्ड कमाण्डर धनबहादुर राईको नेतृत्वमा ६ जनाको मोबाइल टोली बनाएको कम्पनीका निर्देशक टेक लोहनीले जानकारी दिए । चोरीलगायत नियन्त्रण गर्न सादा पोसाकमा समेत सुरक्षा गार्ड परिचालन गरिएको लोहनीले जानकारी दिए । गस्ती टोलीले २० दिनको अवधिमा ४ जना शङ्कास्पद युवालाई पक्राउ गरी प्रहरीमा बुझाएको छ । सुनसरीको रामधुनी घर बताउने मनोज सुब्बा भन्ने आयोग्य कार्की र इटहरी–५ का नगेन्द्र राउतबाट विभिन्न साइजको मोटरसाइकलको तीनवटा मास्टर कीसहित प्रतिष्ठानको आकस्मिक कक्ष पछाडिबाट नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट गाँजासमेत बरामद भएको निर्देशक लोहनीले जानकारी दिए । यस्तै सोही दिन सर्जिकल वार्डबाट दमकका अनिल शर्मा र भोजपुर घर बताउने नाम नखुलेका एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा जिम्मा लगाएको छ ।

vip
यसैगरी ५ वटा मोटरसाइकल र स्कुटी बेवारिसे अवस्थामा फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कम्पनीले प्रतिष्ठानले तोकिएको निःशुल्क पार्किङस्थलमा सवारी राखी राम्ररी लक गर्नसमेत अनुरोध गरेको छ । कम्पनीको अनुरोधमा जिओपिडी, इमेरजेन्सी, मेन गेट, डेण्टल गेटलगायत स्थानमा ५० वटा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । चाँडै नै सिसी क्यामेर जडान गरिने प्रतिष्ठानका मेट्रोन उपेन्द्र यादवले जानकारी दिए । प्रतिष्ठानमा कम्पनीका १ सय ३२ जना सुरक्षा गार्ड परिचालन गरिएको छ ।

tek lohoni