धरान / धरान उपमहानगरपालिका–१४ स्थित ऐतिहासिक स्थल विजयपुरको पिण्डेश्वर विद्यापीठमा भेटिएका पुरातात्विक महत्वका सिक्का धातुका चुरा आज नगर प्रमुख तिलक राईको रोहवरमा पुरातत्व विभाग काठमाडौलाई बुझाइएको छ ।
विभागका अनुसन्धान अधिकृत सन्दिप खनालले १६० थान पुराना सिक्का जिम्मा लिएका छन् । उक्त सिक्का अध्ययन अनुसन्धान पछि पुन फर्काएर धरान–१४ स्थित बहुजातीय संग्रालयमा राख्ने सहमति भएको १४ न वडा अध्यक्ष कृष्ण भट्टाराईले जानकारी दिए ।
केही दिन अघि क्याम्पसको व्यवसायी भवन निर्माणको क्रममा पिण्डेश्वर मन्दिरको पूर्व तर्फ गौशालामा ६ फिट तल पुराना तामाका सिक्का भेटिएका थिए । काम गर्ने निर्माण मजदुरले जमिन खन्दा उक्त धातु फेला पारेका थिए । श्री ५ सुरेन्द्र साह र इष्ट इण्डिया कम्पनि लेखिएका सिक्का फेला परे पछि वडा कार्यालयको सकृयतामा पुरातत्व विभागलाई खवर गरिएको थियो ।