धरान । सरकारले गरेको लकडाउनका कारण आफ्नो घर पुग्न नपाएका ३८ जना विद्यार्थीलाई महेन्द्र बहुमुखी क्याम्पस धरानले घरसम्म पु¥याउने व्यवस्था गरेको छ ।

क्याम्पसले डेरामा बस्दै आएका ३८ जना विद्यार्थीहरूलाई घरसम्म पु¥याएको हो । महेन्द्र र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययरत विद्यार्थीहरूलाई घरसम्म पु¥याउनका लागि क्याम्पसका स्ववियु सचिव दोर्चि शेर्पाको नेतृत्वमा खटिएको टोलीले पठाएको हो । मोरङ र झापाका विद्यार्थीहरूलाई घरसम्म पु¥याउन भूमिका खेलिएको शेर्पाले बताए ।

सरकारले कोरोना भाइरसको महामारीका कारण चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । लकडाउन लम्बिँदै गए पछि विद्यार्थीहरू संकटमा पर्दै गएका थिए । क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई घरसम्म पुग्ने व्यवस्था गरिदिएको महेन्द्र क्याम्पसका स्ववियु सभापति सरगम सागर चेम्जोङले बताए ।

mahendra_campus_student_help_one