ब्लाष्टखबर । होहल्ला गरेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेपछि नेपालगञ्जमा प्रहरी र स्थानीयबीच झडप भएको छ ।
नेपालगञ्ज स्थित त्रिवेणी चोकमा होहल्ला गरेकाे भन्दै प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेपछि आक्रोशित स्थानियले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।
प्रहरीले बिहान ११ बजेसम्म अत्याश्वयक सामग्री खरिदका लागि बजारमा निस्किन अनुमति दिएकाेमा बजारमा भिड बढेकाे भन्दै प्रहरीले तितरवितर पार्न खोजेको जिल्ला प्रहरी कार्यालय, बाँकेकाले जनाएकाे छ ।
त्यसक्रममा स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको गाडीमा ढुंगामुढा गरेका थिए । अहिले स्थिति नियन्त्रण आइसकेको प्रहरीले जनाएको छ ।