ब्लाष्टखबर । काेराेना भाइसकाे कारण स्थगित भएकाे चैत पहिलो साताका लागि तय भएको यस वर्षकाे एसईई नगराउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आग्रह गरेकाे छ । मंगलबार कोभिड–१९ ले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै एक विज्ञप्तिमार्फत प्याब्सनले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा, यस वर्षकाे परिक्षामा सामेल हुने विद्यार्थीहरूकालागी मात्रै लागु हुनेगरी विद्यालयले गरेकाे आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपर्युक्त हुने भन्दै, कानुनी वाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणिकरण गर्न प्याब्सनले नउपाल सरकारलाई अनुराेध गरेकाे छ ।
