विराटनगर । विराटनगर स्थित रानी भन्सार नाकामा भारतबाट आएकाे खाली ट्रकमा १ करोड ९ लाख बढि भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेपछि चेकजाँचका क्रममा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँ रुपैयाँ बरामद गरेको हो ।
उक्त रकम बरामद गरेपछि प्रहरीले ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले बताएका छन् ।