उर्लाबारी । लकडाउनको समयमा उर्लाबारी नगरपालिका भित्र रहेको होलसेल किराना पसलमा म्याद गुज्रेको खाद्यावस्तु तथा पिय पद्धार्थ विक्री वितरण हुने गरेको पाइएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गरिएको अनुगमनको क्रममा उर्लाबारीमा रहेको खुद्रा पसलमा म्याद गुज्रेको खाद्यवस्तु विक्री वितरण हुने गरेको पाइएको हो ।

उर्लाबारी ७ स्थित बिना श्रेष्ठले संचालन गरेको दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा विक्री गर्न राखिएको खानेतेल, विस्कुट र पेयपद्धार्थमा म्याद गुजे्रको सामाग्री फेला पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिए । म्याद गुज्रेको खाद्य सामाग्री विक्र गर्ने पसललाई २ लाख रुपैयाँ जरिवना गरिएको उनले बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद सकिएको खाद्य बस्तु विक्री गर्ने पसललाई कारवाहीको दायरमा ल्याएको बरालको भनाईको छ । यस्तै सुन्दरहरैचा नगरपालिका १ स्थित साह किराना पसल र मितेरी ट्रेडसमा पनि म्याद सकिएको खाद्य सामाग्री फेला परेको बरालले जानकारी दिए । म्याद सकिएको खाद्य बस्तु अनुगमन टोलीले नष्ट गरेको छ ।

3

बढी मुल्यमा बेच्ने पसललाई कारवाही भएन, सचेत गराएर छोडियो
अनुगमन टोलीले उर्लाबारी ६ स्थित अजय किराना पसलले एमआरपी मुल्यभन्दा बढीमा विक्री गरेको पाएको पसललाई कुनै कारवाही नगरी छोडेको छ ।
प्रेमचन्द्र बायतीले संचालन गर्दै आएको किराना पसललमा २० रुपैयाँको आयनुनलाई २२ रुपैयाँमा विक्री गर्दै आएको अनुगमन टोलीले फेला पारेको थियो । मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आएको टोलीले एमआरपी मुल्य भन्दा २ रुपैयाँ बढी मुल्य लिएर विक्री गर्ने पसललाई कुनै कारवाही नगरेको हो ।

अनुगमन टोलीले खाद्य बस्तु र पेयपद्धार्थमा म्याद सकिएको पसललाई कारवाहीको दायरमा ल्याएपनि पहुचवाला अजय किराना पसलका संचालक बायतीलाई सेचत मात्र गराएर छोडेको थियो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले आय नुनमा एमआरपी मुल्यभन्दा २ रुपैयाँ बढी लिएको पाइएको एकपटक सचेत गराएर छोडिएको बताए ।

‘हामीले बुझने क्रममा ढुवनी पनि जोडिएको देखियो,’ उनले भने, ‘एमआरपी मुल्यमा विक्री गर्नु भनेर हामीले एक पटक सचेत गराएका छौं । पुनः एमआरपी मुल्यभन्दा बढीमा बिक्री गरेको पाइए कारवाहीको दायरमा आउनेछ ।’

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङ, नाप तौल तथा गुणनियन्त्रण कार्यालय, उर्लाबारी नगरपालिकाको प्रतिनिधीको सहभागिता रहेको थियो ।

2