धरान / भारतले नेपाली भूभाग अतिक्रमण गरेर सडक निर्माण गरेको विषयमा धरान आज गरिएको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका नेविसंघ र स्वतन्त्र नागरिकको तर्फबाट गरिएको विरोध र्याली प्रदर्शन गरेका थिए । क्याम्पसबाट र्याली निकालिएको थियो । प्रहरीले क्याम्पसमै पुगेर हस्तक्षेप गरेको थियो । हातमा कालो पट्टी बाधेर भारतविरोधी प्ले कार्ड बोकेर नाराबाजी गरेका थिए ।
उनीहरुले प्रधानमन्त्री केपी ओली विरुद्ध चर्को नारावाजी गरेका थिए । उनीहरुले ‘हाम्रो भूमि मिचिएको होकी बेचिएको हो ।, कालापानी लिपुलेक र लिम्पियााधुरा हाम्रो हो ।, लम्पसार सरकार मुद्वा, भारतीय विस्तारवाद मुद्वावादलगायतका नारावाजी लगाएका थिए ।
प्रहरीले क्यामपस तथा भानुचोकमा भीडलाई तितरवितर बनाएको थियो । प्रहरीले नेविसंघका कार्यवहाक सभापति दोर्ची शेर्पा, जिल्ला सचिव टेकेन्द्र राई, जिल्ला सदस्य विमल बुढाथोकी, नेविसंघ इकाई सचिव तथा स्वावियु सदस्य रोशन चोम्वाङ,नेविसंघ क्षेत्रीय सचिव विनोद आले मगर, नेविसंघ उपसभापति अजय लिम्बु, अजित लिम्बु, इकाइ सदस्य उत्तम राई र हातीसार क्याम्पसका उपसभापति कृष्ण बड्डु पक्राउ परेका छन् ।
यता स्वतन्त्र नागरिकबाट प्रर्दशनमा निस्किएका हर्क साम्पाङ, रविन राई, सुवास बर्देवा, सरोज चौलागाई, इमान राईलाई प्रहरीले पक्राउ गरेको छ । सम्पाङ गत मंसिर १४ को उपनिर्वाचनमा मेयरको उम्मेद्वार थिए ।