धरान । इटहरीको जनता माविले अनैतिक तरिकाले रकम असूलेको विषयमा माविमा अध्ययरत विद्यार्थीहरूका अभिभावकले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै स्कुलले कुनै पनि गलत गतिविधि नगरेको प्रष्ट पारेको छ ।

शैक्षिक सत्र २०७६ देखि नै विद्यार्थीहरूको मनोभावनालाई बुझेर प्रविधिमैत्री अङ्ग्रेजी र नेपाली माध्यममा अध्ययन भइरहेकाले स्कुलले गलत तरिकाले रकम नअसूलेको स्पष्ट पारेको छ । अभिभावकहरूले स्वेच्छिक शुल्क तिरेको समेत स्पष्ट पारेको छ । अभिभावकहरूले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘शैक्षिक माफियाले चलखेल’ गरेका कारण यस्ता गलत आरोप लगाएको स्पष्ट पारेको छ । आफ्ना नानीहरूले सर्वसुलभ ढंगमै शिक्षा प्राप्त गरिरहेकाले यस्ता गलत हौवाका पछाडि नलाग्नका लागि विज्ञप्तिमार्फत् आग्रह गरेका छन् । विज्ञप्तिमा करिब ३७ जना अभिभावकहरूले हस्ताक्षर गरेका छन् ।

स्कुलले गलत तरिकाले रकम असूलेको समाचारहरू विभिन्न अनलाइन तथा सामाजिक सञ्जालमा आएको थियो । तर, स्कुलले भने अभिभावकहरूसँगकै सहकार्यमा स्वैच्छिक रकम लिएको बताएको थियो ।

janata_mabi_avivawak (2)

janata_mabi_avivawak (1)