Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना

alt
  • जेठ ५, २०७७
  • ब्लाष्ट खबर

ब्लाष्टखबर । आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्गचित्र प्रस्तुत गरेको भन्दै समर्थन जनाएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत दलका सांसदले नीति तथा कार्यक्रम पुरानै ढङ्गबाट आएको भन्दै अहिलेको परिस्थितिसँग जुध्न नसक्ने र यथार्थभन्दा बाहिर रहेको आरोप लगाएका छन् । नेकपा सांसद भीम रावलले कोरोना महामारीपछि आउन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको बताए । स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कृषि र शिक्षा क्षेत्रको विकास गर्न ल्याइएका कार्यक्रम अत्यन्त राम्रो भएको उल्लेख गर्दै उनले यसका लागि उपयुक्त ढङ्गबाट बजेट विनियोजन गरेर जानुपर्नेमा जोड दिए ।

मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी सहयोग सम्झौता यही अवस्थामा संसद्बाट पारित गर्न नहुनेमा जोड दिदैं उनले भने, “राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरा पैसासँग साट्न सकिँदैन ।” उनले विवादास्पद, जनताले आलोचना गरेका कुरा संसद्बाट पास नहुने आफूले विश्वास गरेको पनि बताए । नेकपाका सांसद राधाकुमारी ज्ञवालीले नीति कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने आधारशीला खडा गरेको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद शशाङ्क कोइरालाले नीति तथा कार्यक्रमले कोरोना नियन्त्रणमा प्राथमिकता दिएको बताइए पनि खास कार्ययोजना आउन नसकेको बताए। न्यून आय भएका नागरिकलाई राहत दिने योजना ल्याउन नसकेको भन्दै उनले राहत वितरणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिकालाई सबल बनाउनुपर्नेमा जोड दिए । विपद्को समयमा काँग्रेसले सरकारलाई पर्याप्त साथ दिएको भन्दै महामारी नियन्त्रणमा सरकारको प्रयास कम भएको बताए ।

सांसद कोइरालाले महामारीपछि भोकमरीको अवस्था आउन नदिन कृषि क्षेत्रको आधुनिकीकरण गर्दै मल र बीउको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । कृषिलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम ल्याउन नसकेको भन्दै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयनको ‘मोडालिटी’ परिमार्जन गर्न सरकारलाई सुझाव दिए । सांसद कोइरालाले ठूलो रोजगारीको माध्यम बनेका कतिपय साना, मझौला तथा ठूला उद्योगहरु धरासायी हुनबाट जोगाउने योजना नीति तथा कार्यक्रममा नआएको भन्दै उत्पादनमूलक क्षेत्र तथा उद्योगलाई संरक्षण गर्न नसकेमा मुलुकको अर्थतन्त्र नै सङ्कटमा पर्ने भएकाले प्रभावित उद्योग जोगाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

काँग्रेसकै सांसद प्रकाशमान सिंहले भ्रष्टाचारप्रति शून्य सहनशीलता नारामै सीमित भएको आरोप लगाउँदै अनियमितता गर्नेमाथि सरकारले कारवाही गर्न नसकेको गुनासो गरे । मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा गएको भन्दै उनले अर्थतन्त्रलाई सही बाटोमा हिडाउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम परम्परागत भएको भन्दै यसले कोरोनाबाट उत्पन्न सङ्कट समाधान गर्न नसक्ने बताए । उनले कोरोना प्रभावित क्षेत्रलाई उकास्न उचित बजेट विनियोजन गर्न माग गरेका छन् । नेपालको आर्थिक वृद्धिमा कमी आएको भन्दै उनले अर्थतन्त्रलाई टेवा दिने प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक भएको बताए ।

सांसद यादवले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेख्य रहेको बताउँदै १० देखि १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा थप लगानी वृद्धि गर्न पनि आग्रह गरे । सङ्घीय समाजवादीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रम सङ्घीयताको मूल्यमान्यतामा नआएको उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारले गर्ने काम सङ्घीय सरकारले नै ल्याएकामा गुनासो गरे । कोभिड–१९ को महामारीसँग लड्न सक्ने गरी पूर्वाधार निर्माणमा विशेष जोड दिन आग्रह गर्दै उनले यसपछि क्रमागत आयोजनामा बजेट विनियोजन गर्न माग गरे । राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले रोजगारी सिर्जना गर्ने योजना नीति तथा कार्यक्रममा आउन नसकेको बताउँदै अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गरे ।

सम्बन्धित समाचार
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबारसँगै ने ...

अर्को ट्रफी नजिक मेस्सी

धरान । सन् २०२२ को फिफा विश्वकप लियोनल मेस्सीका लागि ऐतिहासिक क्षण बन्यो । ...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
साउन १, २०८३
अर्को ट्रफी नजिक मेस्सी
साउन १, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
साउन १, २०८३
तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
साउन १, २०८३
धरानको ज्वानेटार फलामे पुल उद्घाटन
साउन १, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
साउन १, २०८३
चस्मा र मेसिन बोकेको ट्रक नियन्त्रणमा
साउन १, २०८३
सुम्निमा–पारुहाङको प्रतिमा निर्माण: जग्गा खरिदमा आर्थिक अपचलनको गन्ध
साउन १, २०८३
कक्षा १२ को प्रमाणपत्रमा १५ सयभन्दा बढी शुल्क नलिन निर्देशन
असार ३२, २०८३
सुनसरीका पाँचसहित सात सहकारी संस्था खारेज
असार ३२, २०८३
सेयर बजारमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई निर्देशन
असार ३२, २०८३
अलपत्र तीन ढ्वाङे पुल निर्माण गर्न धरान उपमहानगरको माग
असार ३२, २०८३
अब विश्वविद्यालय अनुदान आयोगबाट उच्च शिक्षा उपाधि समकक्षता निर्धारण
असार ३२, २०८३
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
असार ३२, २०८३
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेसको संयन्त्रको बैठक सुरु
असार ३२, २०८३
नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
साउन १, २०८३
अर्को ट्रफी नजिक मेस्सी
साउन १, २०८३
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
साउन १, २०८३
तीन महिनामा तीन हजार २९६ विपद्का घटना, १६० जनाको मृत्यु
साउन १, २०८३
धरानको ज्वानेटार फलामे पुल उद्घाटन
साउन १, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
साउन १, २०८३
चस्मा र मेसिन बोकेको ट्रक नियन्त्रणमा
साउन १, २०८३
सुम्निमा–पारुहाङको प्रतिमा निर्माण: जग्गा खरिदमा आर्थिक अपचलनको गन्ध
साउन १, २०८३
कक्षा १२ को प्रमाणपत्रमा १५ सयभन्दा बढी शुल्क नलिन निर्देशन
असार ३२, २०८३
सुनसरीका पाँचसहित सात सहकारी संस्था खारेज
असार ३२, २०८३
सेयर बजारमा सहजीकरण गर्न प्रधानमन्त्री शाहको गभर्नरलाई निर्देशन
असार ३२, २०८३
अलपत्र तीन ढ्वाङे पुल निर्माण गर्न धरान उपमहानगरको माग
असार ३२, २०८३
अब विश्वविद्यालय अनुदान आयोगबाट उच्च शिक्षा उपाधि समकक्षता निर्धारण
असार ३२, २०८३
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
असार ३२, २०८३
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउन कांग्रेसको संयन्त्रको बैठक सुरु
असार ३२, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क