धरान । विभिन्न विश्वविद्यालयका आङ्गिक क्याम्पसमा अध्ययरत विद्यार्थीहरूलाई घरभाडा छुट गराउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघ सुनसरीले धरान उपमहानगरपालिकालाई ज्ञापन–पत्र बुझाएको छ ।

तीन महिनादेखि लकडाउनका कारण घरभाडा तिर्न असहज हुने भएकाले समन्वय गरिदिनका लागि धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईलाई मंगलबार ज्ञापन–पत्र बुझाएको हो । लकडाउनको अवधिमा विद्यार्थीहरूको पीरमर्का बुझेर घरभाडा मिनाहा गरिदिनका लागि ज्ञापन पत्र बुझाइएको नेविसंघका सुनसरी सचिव टकेन्द्र राईले जानकारी दिए ।

उनका अनुसार धरानमा त्रिवि, संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसमा विद्यार्थीहरू अध्ययरत छन् । धरानमा त्रिविको तीन वटा आङ्गिक क्याम्पस रहेका छन् । महेन्द्र बहुमुखी क्याम्पस, त्रिविको इञ्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार रहेका छन् । संस्कृत विश्वविद्यालय अन्तर्गत पिण्डेश्वर विद्या पीठ रहेको छ ।

memorendam_paper_dharan_one

नेविसंघका जिल्ला सचिव टकेन्द्र राईसहित महेन्द्र बहुमुखी क्यापसका कार्यबाहक सभापति दोर्चि शेर्पा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका सभापति निशान भुजेल, पिण्डेश्वर विद्या पीठका सभापति सरोज अधिकारी, पूर्वाञ्चल इन्जिनियरिङका सहसचिज सुजित शर्माले सामूहिक रूपमा ज्ञापन पत्र बुझाएका हुन् ।