धरान  / आफैमाथि गोली प्रहार गरि गम्भीर घाइते प्रहरी हवाल्दारको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला अदालन सुनसरीका ४नं. बेञ्चका न्यायधिश शंकर राईको सुरक्षामा खटिएका हवाल्दार ओमप्रकास खतिवडा आफैले कञ्चटमा गोली प्रहार गरेका थिए । साँझ ७ बजेतिर गोली प्रहर गरी गम्भीर अवस्थामा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका लागि ल्याइएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अस्पताल पु¥याइएको १५ मिनेट पछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका ढिएसपी विनोद शर्माले जानकारी दिए ।

आत्महत्याको कारण भने नखुलेको डिएसपी शर्माले जनाए ।