ब्लाष्टखबर । जिल्ला अदालत उदयपुरले २०७० साल १ महिना कैद र ३ हजार जरिवाना फैसला सुनाएका दुई जना फरार अभियुक्तलाई ७ बर्षपछि पक्राउ परेका छन् ।
लागुऔषध मुद्धामा फरार भएका चौदण्डीगढी नगरपालिका- ७ का २५ बर्षीय अनुप खड्का र ६ का २२ बर्षीय नाप्सु आलेलाई बुधबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना अभियुक्तलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत उदयपुर बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।