झापा/ दमक नगरपालिका-१ स्थित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिहीबार राती ११ बजे पक्राउ परेका हुन् ।

ईलामको चुलाचुली गाउँपालिका-३ घर भई दमक नगरपालिका-१ मा बसोबास गर्ने २२ बर्षीय दिपेन लिम्बु र माङसेबुङ-३ घर भएका १६ बर्षीय रोहन राईलाई ४९.१ ग्राम  ब्राउन सुगर तथा ५२ हजार ६ सय ५ रुपैयाँ नगदसहित पक्राउ परेका थिए ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।