ब्लाष्टखबर । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ तथा शुभकामना शुभकामना दिएका छन्  ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएकाे भेटघाटमा प्रधानसेनापति थापाले नेपाल सरकारद्वारा प्रहरीको सर्वोच्च पदमा नियुक्ति भएकाेमा महानिरीक्षक क्षेत्रीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको प्रहरी प्रधान कार्यालयजनाएकाे छ । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक  क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।