ब्लाष्टखबर । चर्चित ३३ किलाे सुन काण्डमा मुछिएका काभ्रेका हरिशरण खड्कालाई नेपाल ल्याइएकाे छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि एक दशकयता यूएईमै बस्दै आएका खड्का २०७५ माघमा यूएईमा पक्राउ परेका थिए ।  उनलाई आवश्यक प्रक्रिया पुरा गरी शनिवार काठमाडौं ल्याइएको हो । 

नेपाल ल्याइएपछि उनलाई गौशाला प्रहरीको जिम्मा लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ।

उच्च स्तरीय सुन अनुसन्धान समितिका अनुसार खड्काले उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत नेपालमा सुन भत्र्याउदै अाएका थिए । २०७३ पुस २१ बरामत गरेका ३३ किलाे सुन काण्डमा उनकाे पनि संलग्नता रहकाे बताइएकाे छ ।