धरान । गाँजा खेती गरेको आरोपमा धरान–१३ बाट एक युवालाई पक्राउ गरिएको छ ।
धरान–१३ का नवीन मगरलाई गाँजा खेती र बेचविखन गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो । विशेष सूचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनले बेच्नका लागि तयार पारिएको ३ सय ग्राम गाँजा बरामद गरिएको छ । त्यस्तै बारीमा लगाइएको १३ सय बोट नष्ट गरिएको डिएसपी बस्नेतले जानकारी दिए । मगरले घरमै गाँजाको बिरुवा रोपेर गाँजा उत्पादन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनीमाथि लागूऔषध ऐन अन्तर्गत नै कारबाही अगाडि बढ्ने डिएसपी बस्नेतले जानकारी दिए ।