ब्लाष्टखबर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले बाँके स्थित घरेलु तथा साना उद्योग कार्यालयका अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ ।
सातौं तहका अधिकृत हुकुमबहादुर ओलीलाइ ९६ हजार तीन सय घुस रकमसहित रंगेहात पक्राउ गरेको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जनाएका छन् ।
गैरेले ओलीले ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट रकम घुस रकम लिइरहेकाे अवस्थामा कार्यालयबाटै पक्राउ गरिएकाे बताएका छन् ।