विराटनगर । डियुटिमा खटिएको प्रहरीलाई अभ्रद व्यवहार गरेको आरोपमा मोरङ प्रहरीले दुई जना महिलासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरका तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगरकी मनिष कुमारी मुखिया, बुनु कुमारी मुखिया र रन्जित मुखिया रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए । पक्राउ परेका तीन जनालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङमा ‘अभ्रद मुद्दा’ मा म्याद थप गरि अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको  छ ।

४ साउनमा पक्राउ विराटनगर १४ जतुवास्थित सहदेव शर्माको घुम्तिमा उश्रृखल गतिविधीले गर्नेले अवरोध पुर्याएपछि प्रहरीको टोली सो स्थानमा पुगेको थियो । घटना स्थलमा पुगेका प्रहरीलाई पक्राउ परेका दुई जना महिला र एक पुरूषसहित ६ जनाले अवरोध गरेका थिए । तीन जना पक्राउ परेका छन् भने अन्य फरार छन् । फरार हुनेहरूको पनि प्रहरीले खोजिकार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।