देउराली । सुन्दरहरैँचा नगरपाँलिका ७ स्थित गछिया खाेलामा अबैध उत्खनन् गर्ने दुइबटा  जेसिवि र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

खाेलामा अबैध उत्खनन  गरिरहेकाे अवस्थामा को १ क २३१७ र को १ क २४७१ नम्बरकाे दुईबटा जेसीवी र को १ ख ५१०९ टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टाेलिले नियन्त्रणमा लिएककाे जिल्ला प्रहरी कार्यालय मेरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक लेकदर्शन थापाले बताएका छन् । उनले जेसीवी सहित चालक सुन्दरहरैचा नगरपालिका वडानम्बर ६ का बर्ष २३ का खेमराज रिजाल र वडानम्बर ७ का बर्ष ३० को प्रताप गुरुङलाई पनि नियन्त्रणमा लिएकाे जनकारी गराएका छन् ।

त्यस्तै, उनले गछिया खोलामा अबधै रुपमा ढुङ्गा लोड गर्दै गरेको को १ त ८७३० नंं को ट्याक्टर र चालक सेहि ठाउँका बर्ष २२ को आशिष परियार समेतलाई नियन्त्रणमा लिएकाे बताएका छन् ।

नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई गछिया प्रहरी चाैकीमा ल्याई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङमा बुझाउने पहल भई रहेको थापाले बताएका छन् ।