सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १९ सोहरुवा स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको अर्नामा गाँउपालिकाको लक्ष्मीपुर बस्ने ३७ बर्षिय सुकदेव ठाकुर छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज ठाकुरलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा निज ठाकुरले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि सो रकमसहित उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज ठाकुरलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको छ ।