भोजपुर । जिल्लाको रामप्रसाद राई गाउँपालिकामा राहातको नाममा गुणस्तरहिन चामल बाडिएको छ । सुख्खा खडेरी र कोभिड १९ महामारीका कारण आयआर्जन गुम्न गई जिवनयापन गर्न कठिनाई भएकाहरुलाई गुणस्तरहिन चामल बाडिएको हो ।
गाउँपालिकाले राहात स्वरुप ६ वटा वडामा २१ सय ८४ परिवारलाई बाडेको गुणस्तरहिन चामल सबै भन्दा धेरै वडा नम्बर २ धोत्लेखानीका जनताले पाएका छन् । सोना मन्सुली ब्राण्डको चामल भनिए पनि चामलको गुणस्तर भने हात्ती छाप ब्राण्डको भन्दा कमशल पाईएको वडा नम्बर दुईका स्थानिय अजम्बर राईले बताए । राईका अनुसार वडामा बाडिएको चामलमा एउटै बोरामा चार खालको चामल मिसाईएको भेटिएको छ ।
यस्तै वडा नम्बर ४ दलगाउमा बाढिएको चामलमा पनि ढुंगा , कनिका ,चुराको टुक्रा र प्रसस्त बिया भेटिएको राहात लिएका स्थानिय जनताले गुनासो गरेका छन । राहतको नाममा आफुले पाएको सडिसकेको चामल पकाएर खादा स्वाद नै नआएको वडा नम्बर ३ भुेल्केका टंकराज भटराईले गुनासो गरे । यता वडा नम्बर एक ओख्रेमा बाडिएको चामल पनि गुणस्तरहिन पाईएको वडाध्यक्ष सहदेव राईले बताए । चामल जनताको घर घरमा पुगे पछि मात्र गुणस्तरहिन भएको थाहा पाएको अध्यक्ष राईले जानकारी दिए ।
उन्ले भने “ जनताबाट गुनासो आए पछि अनुगमन गर्दा चामलमा बिया , ढुंगा , कनिका मिसिनुका साथै कुहिएको र किरा लागेको पाइयो , यो घटनाले जनता र जनप्रतिनिधी विचको सम्बन्धमा अविस्वासको वातावरण सृजना भएको छ ।” यस्तै वडा नम्बर एक ओख्रेकी प्यारी राईले सोना मन्सुली लेखिएको बोरा खोलेर हेर्दा भित्र हात्ती छाप ब्राण्डको चामल भएको दुखेसो पोखिन । राईले थपिन खोल चिटिक्क पारेर चामल चाहि अर्कै कमशल नराम्रो दिएछन । छिमेकीहरुले पनि खानै नसकिने चामल पाएको भन्दै उन्ले जनतालाई हेप्ने काम भएको गुनासो गरिन ।
व्यापक गुनासो पछि दुई वटा वडाको राहत वितरण रोकियो
गुणस्तरहिन चामल बाडिए पछि ब्यापक गुनासो आएकाले दुईवटा वडाको राहात वितरण रोकिएको छ । वडा नम्बर ७ र ८ को राहात वितरण रोकिएको वडा नम्बर वडा ८ का वडाध्यक्ष मनोज राईले बताए । बाढ्न बाकी दुई वटा वडाको चामल गाउँपालिका केन्द्र बैकुण्ठेमै रहेको उनले जानकारी दिए ।
उनले भने “ चामल गुणस्तरहिन भएको थाहा पाए पछि जनताका नाममा आएको राहत वडामा ल्याएका छैनौ , त्यो चामल ठेकेदार कम्पनीले फिर्ता लगेर गुणस्तरयुतm चामल ल्याउनु पर्छ अनि मात्र हाम्रो वडामा राहात वितरण हुन्छ , हामी राहतको नाममा गुणस्तरहीन चामल बाडेर जनता संगको दुरी बढाउन चाहान्नौ ।” यस्तै राहात वितरण रोकिएको वडा नम्बर ७ का अध्यक्ष सुर्य राईले पनि मिसावट भएको कमशल चामल नबाढ्ने बताएका छन् । जनताको भावना संग खेलवाड गर्न नहुने उन्को तर्क छ ।
ठेकेदार कम्पनीलाई कार्वाही गर्ने जनप्रतिनिधीको प्रतिबद्धता
चामल ल्याउने ठेक्का पाएको ठेकेदार कम्पनीले चरम लापर्वाही गरे पछि जनप्रतिनिधीले कार्वाही गर्ने प्रतिबद्धता जनाएका छन । गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र वडाध्यक्षहरुले कमशल र मिसावट चामल ल्याउने ठेकेदार कम्पनी थापा सप्लायर्स हतुवागढीलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।
मौषमका कारण राहत वितरणको अनुगमन प्रभावकारी नभएको स्विकार गर्दै गाउँपालिका अध्यक्ष बिजय राईले करार सम्झौता विपरित गुणस्तरहिन चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई कानुन अनुसार कार्वाही गरिने प्रतिबद्धता जनाए ।
उनले भने “ यो जनताको स्वास्थ्य प्रति ठेकेदार कम्पनीको चरम लापरवाही हो , जनताको स्वास्थ्य माथि खेलवाड गर्ने ठेकेदार कम्पनी कार्वाहीको भागीदार बन्नु पर्छ , चाडै गाउ कार्यपालिकाको बैठक बसेर कार्वाही अगाडी बढाउने बिषयमा छलफल भैरहेको छ ।” अध्यक्ष राईले गुणस्तरहिन चामल उपलब्ध गराउने ठेकेदार कम्पनीलाई अब कानुनी उपचार गर्नुको विकल्प नरहेको बताए ।
कार्वाही प्रक्रिया अगाढी बढाउनका लागि गाउँपालिका अध्यक्ष बिजय राईको संयोजकत्वमा पाच सदस्य अनुगमन समिति समेत बनाईएको गाउँपालिकाकी उपाध्यक्ष सम्झाना राई “सन्ध्या” ले बताईन । उपाध्यक्ष राईले पनि जनताको स्वास्थ्य माथि खेलवाड गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्नु पर्नेमा जोड दिएकी छिन् । स्वास्थ्य जस्तो संवेदनशिल कुरामा खेलवाड गर्ने जो कोही अपराधी हुने भन्दै उन्ले अब बस्ने गाउ कार्यापालिका बैठकले कार्वाही अगाडी बढाउने दावी गरिन् ।
उपाध्यक्ष राईले बाढ्न बाकी रहेको वडा नम्बर ८ को १० वटा बोराको चामल फोडेर हेर्दा गुणस्तरहिन पाईएकाले कार्वाहीका लागि थप सहज हुने विश्वास व्यतm गरिन् । उन्ले जनताको स्वास्थ्यमा खेलवाड गर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न सहयोग गर्न पनि गाउँपालिका बासीलाई आग्रह गरेकी छिन् ।
यता चामलको ठेक्का पाएको हतुवागढी गाउँपालिका १ घाडेटारमा रहेको थापा सप्लायर्सले पनि चामल गुणस्तहिन भएको स्विकार गरेको छ । सप्लायर्सका सञ्चालक रबिन थापाले मिलका कर्मचारीले हकुवा चामल हालि दिएको दावी गरे । थापाले भने “ तिन वटा मिल मध्य सुनसरीको कालाबञ्जरमा रहेको सौभाग्य राईस मिलले हकुवा चामल दिएको छ , त्यो फिर्ता हुन्छ , मिलले अर्को गुणस्तरयुतm चामल दिने सहमती जनाएको छ ।”
सप्लायर्सले ४५ लाख ९० हजार १ सय रुपैयामा चामलको ठेक्का पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जंगम राईले बताए । अधिकृत राईका अनुसार सप्लायर्सले २५ केजीका ३२ सय २४ बोरा चामलको ठेक्का पाएको हो । सप्लायर्स संग प्रति केजी ५६ रुपैया ९५ पैशा पर्ने सोना मन्सुली चामल उपलब्ध गराउने सम्झौता भएको अधिकृत राईले जानकारी दिए । यस्तै राहत वितरणकै लागि ६ लाख ३४ हजार ९ सय ७४ मुल्य बराबरको खाने तेल र आयोडिन युतm नुन समेत खरिद गरिएको छ ।
प्रेम भेराईटी हतुवागढीले ६ लाख २५ हजार ४ सय ५६ रुपैयाको खाने तेल र ९५ हजार १ सय ८ रुपैयाको आयो नुन उपलब्ध गराएको हो । नुन र खाने तेलमा भने मिसावट नभेटिएको गाउँपालिकाले जनाएको छ ।