विराटनगर । विराटनगर–३ कञ्चनबारीकी उमा ढकाल गृहणाी महिला हुन् । घरमा रहेको अवस्थामा चार्जमा लगाएको मोवाइल २०७६ चैत ११ गते घरबाट मोवाइल चोरी भयो । सिम झिकेर ढोका अगाडी राखिदिएर मोवाइल चोरी भएको थियो । यस्तै मोरङ कटहरी गाउँपालिकाकी सम्झना माझीको पनि गत फागुन १९ गते विराटनगरस्थित कलेज आउने क्रममा मोवाइल हराएको थियो ।
मोवाइल हराएपछि तत्काल सम्झना र उमा जिल्ला प्रहरी कार्यालय मोरङमा मोवाइल खोजि गरिदिन आग्रह गर्दै निवेदन दर्ता गराइन् ।
प्रहरी कार्यालयमा निवेदन दर्ता भएको चार महिनापछि उनीहरूको मोवाइलमा फोन आयो । ‘तपाईंको हराएको मोबाइल फेला पर्यो, लिन आउनु होला’ चार महिना पछि मोरङ प्रहरी कार्यालयबाट सम्झना र उमालाई फोन गयो । ‘म त छक्क परे चोरी भएको मोवाइल भेटियो,’ मोवाइल लिन शुक्रबार मोरङ प्रहरी कार्यालयमा आएकी उमाले हर्षिद हुदै भनिन्, ‘मोबाइल हराएपनि प्रहरीको सक्रियतामा फेला भने पर्ने रहेछ । मैले त आसा मारेको मोबाइल आज पाएको छु । प्रहरीले चाहेको खण्डमा चोरी भएको मोवाइल पनि भेटिदो रहेछ ।’ चोरी भएको मोवाइल फेला पारिदिने प्रहरीलाई धन्ववाद ददै उनले आफ्नो मोवाइल लिएर घर गइन् ।
त्यस्तै मोरङको कटहरी गाउँपालिका ५ का दिप राजवंशीको पनि भर्खर किनेको मोवाइल चोरी भएको थियो । आँखा झिमिक्क पार्दा छिमेकीको घरमा राखिएको मोवाइल एक्कै छिनमा उनको चोरी भएको थियो । चार महिनापछि प्रहरीले राजवंशीको हराएको मोबाइल भेट्टाइदिएको थियो । मोवाइल लिन आएका राजवंशीले भने, ‘मोबाइल हराएपछि भेटिएला भन्ने आस थिएन तर साथीले प्रहरीलाई निवेदन दिए फेला पर्छ भनेपछि प्रक्रिया चालेकी थिएँ । आशा मारिसकेको मोइवल भेटियो ।’ उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै प्रहरीलाई धन्यवाद पनि दिए ।
शुक्रबार एकै दिन हराएको २८ थान मोवाइल खोजी गरेर सम्बन्धीत मोवाइल धनीलाई बुझाएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । आर्थि वर्ष २०७६/०७७ मा मोरङ प्रहरीमा १ हजार ३ सय ५९ वटा चोरी र हराएको निवेदन दर्ता भएको छ । जसमध्ये आर्थिक वर्षमा चोरी तथा हराएको १ सय ८३ वटा सम्बन्धीत धनीलाई बुझाएको एसपी खड्काले बताए । गत असारदेखि शुक्रबारसम्म ७३ वटा निवेदन प्राप्त भएको छ । सोही अवधिमा ७३ वटा निवेदन दर्ता भएका मध्ये २८ थान मोवाईल फेला पारेर प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको हो । मोवाईल चोरी तथा लुटपाटमा संलग्न चार जनालाई प्रहरीले ‘डाका’ मुद्दा अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रविधिको विकाससँगै मोबाइलको प्रयोग बढ्दो छ । यसको प्रयोगसँगै सावधानी नपनाउँदा हुने चोरी र हराउने क्रमले उपभोक्ताहरु हैरान पनि छन् । ‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं,’एसपी खड्काले भने, ‘आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो हुनुपर्ने सुझाव दिन्छन् ।’