भोजपुर । भोजपुरमा भरुवा बन्दुक सहित बलबहादुर तामाङ पक्राउ परेका छन । जिल्लाको आमचोक गाउपालिका १० पाङचाका तामाङलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घरमा बन्दुक लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बालंखाबाट खटिएको प्रहरीको टोलीले तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीले बलबहादुरको घरबाट १ थान र सोही ठाउमा राज कुमार तामाङको घर बाट १ गरि जम्मा दुई थान भरुवा वन्दुक फेला पारेको छ । प्रहरी आए पछि राजकुमार भने भागेको स्थानियले बताएका छन ।
फरार रहेका राज कुमारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक प्रदिप लामाले जानकारी दिए ।