भण्टाबारी । सुनसरीको गाउँपालिकाबाट सशस्त्र प्रहरीले अवैध काठ बरामद गरेको छ । रातको समयमा कोशी गाउँपालीका ५ स्थित कुम्याहीबाट जमुवातर्फ स १ त २१८६ नम्बरको ट्याक्टरमा लैजादै गरेको अन्दाजी मूल्य ७५ हजार बराबरको गोलिया काठ बिओपी श्रीपुर बाट खटिएको इन्स्पेक्टर पुर्ण दाहाल नेतृत्वको टोलिले बरामद गरेको हो ।
बिओपी श्रीपुरका इन्स्पेक्टर दाहालका अनुसार सिसौ ३७ क्युफिट र कदम १७ क्युफिट गरी जम्मा ५४ क्युफिट गोलिया काठ कोशी ५ स्थित यादव टोलबाट बरामद गरी आवश्यक कारबाहीको लागि कोशिटप्पु बन्यजन्तु आरक्ष पश्चिम् कुशाहामा बुझाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट काठ तस्करी हुने गरेको गुनासो आउने गरेको बताउदै इन्स्पेक्टर दाहालले यससम्बन्धमा निगरानी बढाएको हुँदा काठ बरामद गर्न सफल भएको बताउँछन् । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका कर्मचारीहरुकै मिलेमतो बहुमुल्य प्रजातिका काठ तस्करी हुने गरेको भन्ने जनगुनासो पटकपटक आएपछि कोशी टप्पु क्षेत्रमा नेपाल आर्मीका साथै सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।