भण्टाबारी । डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख (डि.एफ.ओ.) रामबाबु साहलाई अख्तियारले पक्राउ गरेको छ । रिसवत वापतको अवैध रकम लिई रौतहटतर्फ जाँदै गरेको सूचनाको आधारमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले शुक्रबार बिहान सुनसरीको कोशी गाउँपालीका ८ स्थित कोशी ब्यारेजबाट नियन्त्रणमा लिएको हो ।

बा २ झ ४१० नम्बरको कार्यालयको सरकारी गाडीमा सुनसरीबाट घरतर्फ जादै गर्दा साथमा भएको ५ लाख ५३ हजार बराबर रुपैयाँको श्रोत खुलाउन नसकेपछि वन अधिकृत साह पक्राउ परेका हुन । यसबारे थप अनुसन्धान भइरहेको अख्तियर दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।