• सन्तवीर लामा

धनकुटा / जिल्लाको महालक्ष्मी नगरपालिका वडा नंं.४ स्थित् सिन्धुबसेरी सामुदायिक वनको २ वर्ष अघि काटिएको सखुवाको काठ प्रहरीले वरामद गरेको जनाएको छ ।
सामुदायिक वनको पदाधिकारी र उपभोक्ताको मिलेमतोमा काटेको आशंकामा प्रहरीमा उजुरी परेपछि वरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सिन्धुबसेरी सामुदायिक वनको ४५ क्यूफिट सखुवाको चार वाई तीनको बटम बिना पुर्जी प्रक्रिया नपु¥याई काटिएको भन्ने उजुरीको आधारमा प्रहरीले वरामद गरी सव डिभिजन वन कार्यालय जितपुरलाई जिम्मा लगाइएको प्रहरीले जनाएको हो । जितपुर प्र्रहरी चौकीका इन्चार्ज मदन भण्डारी र चानुवा प्रहरी चौकीका इन्चार्ज श्याम कार्कीको कमाण्डमा गएको प्रहरी टोलीले वरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता धुर्वकुमार श्रेष्ठले वताए ।

प्रक्रिया नपु¥याई २ वर्ष अघि कटान गरिएको सुखवाको ४५ क्यूफिट काठ प्रहरीले असार ७ गते राती १० वजे वरामद गरेको सव डिभिजन वन कार्यालय जितपुरका प्रमुख जगदिश रेग्मीले वताए । सिन्धुबसेरी सामुदायिक वन उपभोक्ता समितिका सदस्य फडिन्द्र वुढाथोकीका छोरा सरोज वुढाथोकीले बा.५ त ६६८९ नम्वरको ट्याक्टरमा लोड गरेर वैकुण्ठे देखि कहरे भन्ने स्थानमा लान लाग्दा प्रहरीले वरामद गरेको प्रमख रेग्मीले वताए । प्रहरीले वरामद गरी वुझाएको सखुवाको काठ असार ८ गते घट्नास्थल वैकुण्ठे पुगेर प्रकृति मुचुल्का र वरामदी मुचुल्का गरी प्रतिवेदन डिभिजन वन कार्यालय धनकुटामा वुझाएको थियो ।

डिभिजन वन कार्यालय धनकुटाका सूचना अधिकारी बद्री पौडेलले वरामद भएको सखुवाको काठको विषयमा अनुशन्धान भैरहेको वताएका छन् । २ वर्ष अघि काटिएको सखुवाको काठ के कसरी सामुदायिक वनले काटेको हो ? भन्ने विषयमा अनुसन्धान भैरहेको सूचना अधिकारी पौडेलले वताए । अनुशन्धानको क्रममा प्रक्रिया नपु¥याई गह्रैकानुनी र अवैद्य ढंगले काठ कटान भएको ठहरिए सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता समितिका सदस्यहरु उपर कार्वाही हुने पौडेलको दावी छ ।

उता महालक्ष्मी नगरपालिका वडा नं.४ स्थित् रहेको सिन्धुबसेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तोर्ण बहादुर वुढाथोकीले आफ्नो कार्यकालमा सखुवा नकाटेको दावी गरे । उनले आफु अध्यक्ष हुनु भन्दा पहिले तत्कालिन अध्यक्ष दिपक वुढाथोकीको पालामा वैकुण्ठेका फडिन्द्र वुढाथोकीले सामुदायिक वनबाट प्रक्रिया पु¥याएरै सखुवा कोटेको दावी गरेका छन् । फडिन्द्रको छोरा सरोज वुढाथोकीले रुपाटार स्कुल माथि कहरेमा घर वनाउन वुवाको घरमा काटि राखेको काठ ट्याक्टरमा लोड गरेर लान लाग्दा झोसपोल भएर प्रहरीले वरामद गरेको अध्यक्ष तोर्ण वहादुर वुढाथोकीको दावी छ । वरामद गरिएको सखुवाको वजार मुल्य प्रति क्युफिट ८ हजारको दरले ३ लाख भन्दा वढीको रहेको छ ।