ताप्लेजुङ । चौतारीमा २० वर्षिय महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाथिभरा याङवरक गाउँपालिका वडा नं ३ का २० वर्षिय बिमल कङ्लिवा लिम्बू रहेका छन् ।

लिम्बूले गत असार १३ गते राती करिब ८ बजे स्थानिय २० वर्षिय महिलालाई जवरजस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा परेको थियो । जाहेरीका आधारमा ति युवकलाई बिहिबार पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी मेहन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको डिएसपी श्रेष्ठले बताए ।