विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजले कक्षा ११ मा पढ्ने २ सय विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने भएको छ ।
न्यूरो हस्पिटलद्वारा सञ्चालित सो कलेजले चालु शैक्षिक सत्रमा शत प्रतिशत छात्रवृत्तिसहित २ सय विद्यार्थीलाई पढाउने कलेजका प्रबन्ध निर्देक राजेश भट्टराईले जानकारी दिए ।
छात्रवृत्तिको स्किमका लागि विद्यार्थीले एसईईमा ३ दशमलव ८५ वा सो भन्दामाथि जीपीएसहित उत्तीर्ण भएको हुनुपर्ने कलेजका प्रधानाध्यापक सरोज भट्टराईले जानकारी बताए । उनले हाल कोरोनाको महामारीका बेला विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्य राखिएको र हाल विद्यार्थीले अध्ययन गरिरहेको विभिन्न अनलाइन कक्षाका लागि यो छात्रवृत्तिको आह्वान गरिएको बताए ।
कलेजले छात्रवृत्तिका लागि आह्वान गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढिसकेको उनले जानकारी दिए । दूर शिक्षा नामक छात्रवृत्तिमा ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा छात्रवृत्ति दिइने छ । यो छात्रवृत्तिका लागि विद्यार्थीले विज्ञान र मानविकी संकायका लागि दावी गर्न सक्ने छन् । हाल यस कलेजले १ विद्यार्थी १ सिट सहितको अवधारणा कार्यान्वयनमा ल्याएको छ । साथै सम्पूर्ण कक्षा कोठालाई अत्याधुनिक प्रविधियुक्त बनाएको छ ।