ब्लाष्टखबर । पाँचथरको फिदिम स्थित निलकन्ठ भोकेसनल इङ्ग्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बा आफ्नै विद्यार्थी बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।

सोहि स्कुलको छात्रावासमा बस्दै आएकी कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्राले आफुमाथि प्रिन्सिपल सुब्बाले जबरजस्ती करणी गरेको भनेर उजुरी दिएपछि प्रहरीले सुब्बालाई पक्राउ गरेको हो ।

प्रिन्सिपल सुब्बाले होमवर्क सिकाउने भन्दै दुई सातादेखि अनैतिक व्यवहार गर्ने गरेको र भदौ २० गते जबरजस्ती करणी गरेको छात्राले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् । छात्राको जिल्ला अस्पतालमा परीक्षण पनि गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ ।

प्रिन्सिपल पक्राउ परेपछि स्कुल व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको सूचना जारी गरेको छ । छानबिनमा सहयोग पु¥याउन उनलाई निलम्बन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।