ब्लाष्टखबर । खुकुरी प्रहार गरी महिलाकाे हत्या गरेकाे अभियाेगमा उदयपुरकाे कटारी नगरपालिका-११ लखनथुम्काका २५ वर्षीय विनाेद भन्ने राेशन मगर पक्राउ परेका छन्र ।

साेहि ठाउँकी ५० वर्षीया डोरकुमारी राउतलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलाको हत्या गरी मगर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेतिनी र ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।