इटहरी । इटहरी जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराईलाई निलम्बन गरिएको छ ।
इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराईले सोही क्याम्पसमा अध्यापन गराउँदै आएकी कृष्णकला राईलाई फोनमा यौन दुर्व्यवहारकाे घटना सुनाएको र यौनजन्य गतिविधिमा संलग्न हुन खोजेको भन्दै भट्टराईलाई निलम्बन गरिएको हो ।
श्रावण २८ गते भट्टराईले राईलाई मदिरा सेवन गरी रातको दश बजे फोन सम्पर्क गरी यौन क्रियाकलापको घटना सुनाएका थिए । जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले पीडक भनिएका भट्टराईलाई दुई महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।