ब्लाष्टखबर । माग पुरा नभएकाे भन्दाै धरानस्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत जुनियर रेसिडेन्टहरू आन्दाेलनमा उत्रिएका छन् । 

कोभिड उपचारमा खटिएका जुनियर रेसिडेन्टलहरुलाई जोखिम भत्ता, व्यवस्थित क्वारेन्टिन, गुणस्तरीय खाना, लगायतका विभिन्न माग राख्दै अाएका जुनियर रेसिडेन्टहरू इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर आन्दोलनमा उत्रिएका छन्।

जनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले यस अघि भदै ५ गते ति मागहरू राख्दै  आन्दाेलकाे घाेषणा गरेकाे भएपनि माग पुरा गर्नकालागी समिति गठन भएपनि कार्यन्यनमा चासाे नदेखाएकाे भन्दै आइतबार माग पुरा गर्न २४ घण्टे अल्टिमेटम दिएकाे थियाे । उक्त अल्टिमेटमकाे पनि सम्बाेधन नभएकाे भन्दै आजबाट आन्दोलनमा शुरु गरेका उनिरूले उपकुलपति कार्यालयअघि धर्ना  दिने तयारीगरिरहेका छन् ।