धरान । मिसेज नेपाल इन्टरनेशनल २०१६ की विजेता अनुपमा राईको नेतृत्वमा सि नेपालका बालबालिकालाई राष्ट्रिय बालदिवसको अवसर पारेर सहयोग प्रदान गरिएको छ ।

विपन्न बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको सि नेपालको काठमाडौंस्थित कार्यालयमा पुगेर अनुपमाले त्यहाँ रहेका १३ बालबालिकालाई खाना खुवाउनुका साथै नगद २० हजार सहयोग प्रदान गरिन् । त्यहाँ आश्रित बालबालिकालाई सहयोगको आवश्यकता देखेर आफुले नेतृत्व गरेको उनले बताईन् । उनले बालबालिकालाई खाना र नगद प्रदान गर्नका लागि रसु कार्की, केन्द्र लिम्बु र एलेन राईले पनि सहयोग प्रदान गरको भन्दै उनीहरुलाई धन्यवाद दिईन् ।

बाल विवाह तथा दाइजो मुक्त अभियानकी सह–संयोजक समेत रहेकी अनुपमाले यसअघि पनि दिनमा सय जनालाई खाना खुवाउने अभियानमा सहयोग गर्दै आएकी थिईन् । उनी भन्छिन्,‘आवश्यकता बुझेर यस्तो सहयोग अभियानलाई निरन्तरता दिने सोंच बनाएकी छु ।’

anu