विजयपुर । धरान उपमहानगरपालिका वडा नं. १५ को बाल सञ्जालले २९ औँ बालदिवसको अवसरमा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शिवगङ्गा बाल सञ्जालकी मेनुका दर्जी प्रथम भएकी छन ।
धरान–१५को होटल इजिराइडर्समा भएकोे प्रतियोगितामा हिविस्कस स्कुलको बाल सञ्जालका अनुप झा दोस्रो, नवज्योती स्कुल बाल सञ्जालका प्रल्हाद भट्टराई तृतीय र निराजन बाल सञ्जालका विवेक बिक सान्त्वना भएका थिए । प्रतियोगिताको प्रथम पुरस्कार १२ हजार, द्वितिय ३ हजार, तृतिय २ हजार र सान्त्वना १ हजार दिइएको थियो । कार्यक्रममा ८ जना सहभागी थिए । प्रतियोगिताको निर्णायकमा डिबी श्रेष्ठ रहेका थिए । वक्तृत्वकला प्रतियोगिताको शिर्षक ‘बाल दिवसमा बालबालिकाको भुमिका’ रहेको थियो ।
वडा नं. १५ को लक्षित वजेट अन्र्तगत बाल विकासको ५० हजार आर्थिक सहयोगमा भएको हो । बाल सञ्जालका अध्यक्ष विनोद रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १५का अध्यक्ष नरेश इवारम प्रमुखअतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उनले बालबालिकाहरुले आफ्नो अधिकार स्थापित गर्न बजेटको खोजी गरि प्रयोग गरेकोमा खुसि व्यक्त गरे ।