ब्लाष्टखबर । भोजपुरको पौवादुङमामा प्रहरी हवल्लारलाई कुटपिट गर्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गाउँपालिकाको वडा नम्बर ५ लुगुवा बस्ने वर्ष २६ का संगिन भनिने सांगेन राई रहेको जिल्ला प्रहरी कार्यालाय भोजपुरले जनाएको छ ।
कार्यालयका अनुसार राईले मादक पदार्थ सेवन गरीअधेरी घाटमा ड्युटीमा खटिएका प्रहरी हवल्दार कुमार कटुवालमाथी गालिगलौज तथा अपशब्द प्रयोग गरी हातपात गर्ने गरेका थिए ।
प्रहरी हवल्दार कटुवाललाई राईले टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको टाकोमा चोट लागेका थियो । कार्यालयका आनुसार घाइते कटुवालको विरटनगर स्थित वरिाट नर्सिङ होममा उपचार भइरहेको छ भने, पक्राउ परेका राईलाई शुक्रबा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।