विराटनगर । व्यवस्थापन संकायमा अब्बल कलेजको रूपमा स्थापित विराटनरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेज देशभरीको उत्कृष्ट सातमा परेको छ ।
यस अघि पनि विभन्नि संघसंस्थाले गरेको सर्वेक्षणमा मेरील्याण्ड कलेज उत्कृष्ट कलेजको सूचीमा पर्दै आएको छ । काठमाण्डौंस्थित केन्द्रबिन्दु नामक संस्थाले देशभरीको कक्षा ११ र १२ कक्षा पढाइ हुने २५ उत्कृष्ट कलेजको परीक्षाको नतिजा अनुसार हालै गरेको सर्वेक्षणमा यो वर्ष मेरिल्याण्ड उत्कृष्ट सातमा परेको हो ।
वि.सं. २०५९ सालमा स्थापना भएको मेरिल्याण्ड प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल छ । मेरिल्यान्ड प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक पनि हो । अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधी संचालन गर्दै आएको छ । भयरहित वातवरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको मेरिल्याण्डको नतिजा पनि उत्कृष्ट छ ।
प्लस टु शिक्षामा अब्बल सावित भएलगत्तै २०६६ सालदेखि बिबिएसको पठन पाठन आरम्भ गरेको यो संस्थामा प्लस टु तहमा १ हजार ५ सय ७ सय विद्यार्थी अध्ययनरत छन् । मोफसलमा रहेर पनि अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरेको कलेजको भनाई छ । मेरिल्यान्डले उत्कृष्ट नतिजा ल्याउने, गरिब तथा जेहेन्दार विद्यार्थीको लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । अनुशाशित वातावरणमा उत्कृष्ट फ्याकल्टी अध्ययन अध्यापन गराएकै कारण मेरिल्यान्ड प्लस टु तहमा सफल शैक्षिक संस्था बनेको कलेज प्रमुख लक्ष्मण ढकालले जानकारी दिए ।
विद्यार्थीलाई नियमित अध्ययन बाहेक अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन पनि कलेजले उत्तिकै भुमिका खेल्ने गरेको छ । २०७५ सालमा मेरील्याण्ट विद्यार्थीले नेपाल टप भएका थिए । सो वर्ष नीशा पोखरेल र पुजा साहले ३.९२ जिपीए ल्याएर नेपाल टप भएकी थिइन् ।
केन्द्रबिन्दुले गरेको सर्वेक्षण अनुसार एक नम्बर ललिपुरको प्रसादी एकेडेमी रहेको छ । यस्तै २ मा काठमाडौं मोडल कलेज, ३ मा काठमाण्डौकै सेन्ट जेभियर्स, ४ मा ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ५ मा एनसीसीएस उच्च मावि, ६ मा सेन्ट मेरिज मावि, ८ मा ट्रिनिटी इन्टरनेसनल कलेज, ९ मा सगरमाथा मावि पोखरा, १० मा जेभियर इन्टरनेसनल कलेज, ११ मा काठमाडौं बर्नहार्ट रहेको छ ।
यस्तै १२ लिटिल एन्जल्स ललितपुर १३ मा पिनाकल कलेज, १४ मा पेन्टागन कलेज, १५ मा सिसिआरसी कलेज, १६ मा एभरेष्ट कलेज काठमाण्डौ, १७. सैनिक आवासीय मावि, १८ मा किष्ट कलेज काठमाडौ, १९ मा नेपाल मेगा कलेज, २० मा आइएसटी कलेज, २१ मा ट्रिटन इन्टरनेशनल कलेज, २२ मा हिमालयन ह्वाइट हाउस कलेज, २३ मा नेपाल काष्ठमण्डप कलेज, २४ मा नोवेल एकेडेमी र २५ नम्बरमा काठमाण्डौका मोर्गन कलेज रहेको छ