संखुवासभा/ संखुवासभाको खाँदबारी ९ मा रहेको मनाकामना रत्नअम्बिका माध्यमिक विद्यालय तुम्लिङटारका शिक्षकहरु यत्तिबेला टोलटोलमा भेटिन्छन् । उनीहरु आफ्ना विद्यार्थी खोजी खोजी टोल टोलमा कक्षा सञ्चालन गर्नमा व्यस्त छन् । गत असोज १ गतेदेखि सुरु गरेको समुदायमा नै विद्यार्थीहरुलाई पठनपाठन गर्ने कार्य निरन्तर भई रहेको छ ।
विद्यालयले कोभिड १९ को संक्रमण समुदय स्तरमा देखिएसंगैे शैक्षिक कृयकलाप गर्न सकेको थिएन । भाद्र १९ गते नेपाल सरकारबाट सिकाई सहजीकरण निर्देशिका जारी भएपछि कक्षा १ देखि ७ सम्म टोलटोलमा र कक्षा ८ देखि १२ सम्म अनलाइन मार्फत कक्षा सञ्चालन भईरहेको छ । टोल विकास संस्था, महिला समुह, विद्यालय व्यस्थापन समितिको तथा शिक्षकहरुको सकृयतामा हाल २० वटा टोलका ३२ केन्द्रमा कक्षा सञ्चालन भई रहेको मनकामना रत्न अम्बिका मा.वि. तुम्लिङटारका प्रधानाध्यपक कुबेर प्रसाद भेटुवालले बताए ।
कक्षा १ देखि ७ सम्मका ६७१ जना विद्यार्थीहरु टोल टोलमा अध्यायन गरिरहेका छन् भने । अनलाइन माध्यमबाट ८ कक्षादेखि १२ सम्मका ५९१ जना अध्यायन गरिरहेका छन् । सिभिल इन्जिनियरिङ कक्षा समेत सञ्चालन हुने यस विद्यालयमा यो भन्दा अगाडी रेडियो मार्फत ४ सयवटा कक्षा सञ्चालन गरिएको थियो । १ देखि ७ कक्षासम्म मोवाइल मार्फत सहजीकरण गरिएको थियो भने साउन १८ देखि २९ गतेसम्म शिक्षकलाई शैक्षिक योजना तथा प्रविधि सम्बन्धी तालिम सम्पन्न गरिएको थियो ।
हाल कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुलाई टोलटोलमा नै विद्यालयका शिक्षक गएर सुरक्ष सावधानी सहित कक्षा सञ्चालन भईरहेको हो । विद्यार्थीहरुलाई टोलमा नै भेला पारेर सिकाई सहजीकरणका लागि शिक्षकहरु हाजिर हुन्छन् । समुदाय स्तरमा नै गएर पढाउँदा अनौठो भए पनि मनोरञ्जनात्मक तरिकाले कक्षा सञ्चालन गरिरहेको शिक्षक भुवन हलिदेले बताए । उनले संकटकै घडीमा नै भएपनि विद्यार्थीहरुलाई पढाउन पाउँदा खुसी भएको बताए ।
विद्यालयले गाउँ गाउँमा पढाउने कार्यक्रम ल्याएकोमा अभिभावकहरु खुसी छन् । आफ्ना छोराछोरीले विद्यालयमा पढेका कुरा विर्सिसकेको चिन्ता थियो तर अब त्यो चिन्ता हटेको अभिभावक यसोधा राईले बताईन् । स्थानीय अभिभावक पद्मा केशर कार्कीले आफ्ना नानीहरु विद्यालय बन्द भएपछि पढाईतिर ध्यान नदिने भएको बताए । उनले यसरी गाउँ गाउँमा नै भेला बनाएर साना साना ग्रुपमा पढाउनले विद्यार्थीहरुमा पढाईप्रति ध्यान गएको बताए ।
गाउँ गाउँमा नै पढन र पढाउन पाएकोमा विद्यार्थी, शिक्षक र अभिभावकमा उत्साह थापिएको छ । सोहि उत्साहले शैािक्षक विकासमा अगडी बढाउन मनाकामना रत्न अम्बिाका मा.वि.ले गरेको यो प्रयास स्वागत योग्य रहेको छ । मनाकामना रत्न अम्बिका मा.वि.मा २०७३ सालदेखि यता दोब्बर बढि विद्यार्थी थपिएको विद्यालयले जनाएको छ ।
सघाउँदै पुर्व विद्यार्थीहरु
नर्सरी देखि ७ सम्मका कक्षाहरु टोलटोलमा सञ्चालन गरिरहेको मनाकामना रत्न अम्बिका माध्यमिक विद्यालयको कक्षा सञ्चालनको लागि पूर्व विद्यार्थीहरुले स्वयम्सेवकका रुपमा सहयोग गरिरहेका छन् । २० टोलका ३२ स्थानमा कक्षा सञ्चालन भईरहेका स्थानहरुमा ३६ स्वयम्सेवक शिक्षकहरु रहेका छन् ।
विद्यालयका पूर्व विद्यार्थी तथा राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थीहरुले सघाईरहेका छन् । विद्यालयका शिक्षकहरु प्रत्येक केन्द्रमा सकृया छन् । नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुको संख्या भएकोले व्यवस्थापनमा सघाउन उनीहरुलाई अनुरोध गरिएको प्रधानाध्यापक कुवेर प्रसा भेटुवालले बताए ।
स्थानीय अभिभावक तथा टोल विकास संस्थाहरुको सकृयतामा कक्षा सञ्चालन गर्न सहज भएको प्रधानाध्यापक भेटुवालले बताए । टोल विकास संस्थाहरुले स्वायम्सेवक शिक्षकहरुलाई व्यवस्थापनमा सहयोग मिलको उनको भनाई छ ।
यता स्वम्सेवकको रुपमा विद्यार्थीहरुलाई पढाईरहेका स्वयम् सेवक शिक्षकहरु पनि खुसी मात्र हैन उत्साहित पनि छन् । उनीहरुको उत्साह आफ्नो खाली समयको सदुपयोग मात्र नभएर आफ्नो ज्ञान समेत बढ्ने गरेको सिजल घिमिरेले बताईन् । दमक झापामा नर्सिङ पढ्दै गरेकी उनी लकडाउनसंगै अनलाइन क्लासमा व्यस्त थिईन् । उनको क्लास सकिएसंगै अचेल यता विद्यार्थीहरुसंग दिन विताईरहेकी छिन् । उनीहरु विद्यार्थी भाईबहिनीहरुलाई शिक्षण सिकाई सहजीकरणमा सहयोग गर्न पाएकोमा खुसी छन् ।