विराटनगर । विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गर्ने गिरोहका समूहलाई पेस्तोल विक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता विकास महतोले ३५ हजार रुपैयाँ मुनाफा राखि १ लाख रूपैमा पेस्तोल विक्री गरेको खुलेको छ ।

विराटनगरमा संगठित अपराधको सञ्जाल विस्तार गरेका गिरोहका मुख्य नाइके अभिशेष रायको समूहलाई महतोले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाख रुपैयामा विक्री गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

विराटनगर १२ घर भएका २६ वर्षिय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पूसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलिकमको टावर बनाउन ठेक्का पटा पनि गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आउन थालेको छ । महतोको पाँच वर्ष अगाडी गिरोहका मुख्य नाइके अभिषेक रायसँग चिनजान भएको थियो । टावरको ठेक्का पट्टाको क्रममा अभिषसँग विकासको चिनजान भएको बयानको क्रममा महतोले बताएका छन् ।

‘मुख्य गिरोहका नाइके रोयले ठेक्का पटाबाट चाँडो आम्दानी नदेखिएपछि व्यापारीलाई धक्याएर रकम असुल्ने योजना सुनाए थिए । सोही योजना अनुसार पेस्तोल आवश्यक परेको मेहतालाई रोयको समूहले सुनाए । पेस्तोलको लागि १ लाख रुपैयाँ चाहिन्छ । एक लाख रुपैयाँ दिएको तीन दिन भित्रमा पेस्तोल हाता लगाइदिने मेहताले प्रहरीलाई बयान दिएका छन्,’ अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेखछ । रोयको समूहले एक लाख दिएपछि पेस्तोल लिन मेहता फारबिन्ज पुगेका छन् । सामान्य चिनजान भएका भारत अररिया जिल्ला फारबिसगंज बस्ने मनिष नामबाट चिनीने साथीलाई भेटर मेहताले पेस्तोल मलगाएको खुलेको छ । ‘एक थान म्यागजिन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली उपलव्ध गराउन मेहताले भारतीय नागरिक मनिषलाई फारबिजसगन्जमा भेटेर नेपाली ६५ हजार दिएका छन् । पैसा बुझाएपछि पेस्तोल र गोली अभिषेक रायलाई कटहरी चौकमा दिएर महतो घरतर्फ लागेका छन्,’ अभियोग पत्रमा उल्लेख छ ।

मेहतालाई दुई वटा मुद्दा
विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गरोहका समूहलाई पेस्तोल विक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता विकास मेहता विरुद्ध अदालतमा छुटा छुटै दुई वटा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा मेहता विरूद्ध ‘हातहतियार खरखजना’ र अपराधिक लाभ लिन खोजिएको उद्योग मुद्दा दर्ता भएको हो ।

हातहतियार खरखजनामा मेहता सहित अन्य चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । सो मुद्दामा २६ वर्षिय नन्दु भन्ने चन्दकिशोर साह, भारती सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षिय राजु साह, कटहरी २ का २७ वर्षि एलेक्स भन्ने रबिन शर्मा, सोही ठाउँका २६ वर्षिय अभिषेक रायलाई प्रतिवादी बनाएको छ । मेहता १७ भदौमा विराटनगर १२ स्थित घरबाट पक्राउ परेका हुन् । अन्य १५ भदौमा पक्राउ परेका थिए ।

मुख्य गिरोहसहित अन्यलाई पाँच मुद्दा
व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैया असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक राय सहित पाँच जना अभियुक्तहरू विरुद्ध छुटा छुट्टै चार वटा मुद्दा मोरङ अदालतमा दर्ता भएको छ ।

पक्राउ परेका प्रतिवादीहरूबाट छुटा छुट्टै घटनामा छुटा छुट्टै व्यक्तिहरू पीडित भएको प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरूलाई चार वटा अदालतमा मुद्दा दर्ता भएको हो । अदालतमा किसन कुमार साह, नन्दकिसोर साह, राजु साह (व्याहुँत), एलेक्स भन्ने रविन शर्मा र अभिषेक राय विरुद्ध चार वटा मुद्दा दायर भएको मोरङ अदालतले जनाएको छ । उनीहरू विरुद्ध डाँका, अपराधिक लाभ लिएको, अपराधिक लाभ लिन खोजिएको उद्योग र हातहतियरा खरखजना मुद्दा दर्ता भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार गिरोहका नाइके रोयलाई महतोले पेस्तोल र ६ थान गोलीसमेत उपलब्ध गराएका थिए । यसबापतको एक लाख रुपैयाँ रोयले एक व्यापारीबाट पाँच लाख रुपैयाँ असुलेपछि महतोलाई बुझाएका थिए । रोय यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेर कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

प्रहरीका अनुसार रोयको गिरोहले २६ असारमा विराटनगरस्थित खाद्यान्न एवं गुट्खा डिलरका एक व्यापारीलाई ज्यान मार्ने धम्की दिएर दुईपटकमा गरी ५ लाख रुपैयाँ असुलेको थियो । यो घटनापछि साउन १६ को बेलुकी ९ बजेतिर विराटनगरमा गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी गरेको थियो । बुझ्दै जाँदा रकम दिन नमानेका व्यापारीको निवासको पर्खालमा उक्त गिरोहले गोली प्रहार गरेको खुल्यो । त्यसै क्रममा प्रहरीले रविन शर्माको कटहरी–२ आदर्शनगरस्थित घरबाट अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गरेको थियो ।