भद्रपुर/लागूऔषध ब्राउन सुगर सहित दुइजना भारतीय युवालाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत किसनगञ्ज सिंहिमारी ग्रामपञ्चायत पाल्साका २५ वर्षिय जहागिर आलम र सोही स्थानका २० वर्षिय मुजफ्फर आलिग रहेको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।

झापा गौरीगञ्ज गाउँपालिका १ स्थित दास चौरी चेक पोष्टमा चेक जाँच गर्ने क्रममा कुञ्जीबारी विओपीका इन्सपेक्टर अरुण कुमार तिमिल्सिनाको कमाण्डमा खटिएको ७ जनाको टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा विहीबार साँझ ७ बजे जाहागिरको साथबाट ७ दशमलव ७ सय ८० ग्राम ब्राउनसुगर बरामद गरिएको सशस्त्र प्रहरी २ नम्बर गणका एसपी रमेश कुमार पाण्डेले जानकारी दिए ।