विराटनगर/विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैया असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूहलाई हतियार विक्री गर्ने विद्यार्थी नेता अबिसेक रायसहित ६ जना अभियुक्तहरू पुर्पक्षको लागि थुनामा गएका छन् ।
मोरङ अदालतको न्यायाधीश राजकुमार कोइरालाको इजालशले उनीहरूलाई पुर्पक्षको लागि थुनामा राख्न बिहीबार आदेश दिएका हुन् । विराटनगरमा संगठित रूपमा अपराधको संजाल विस्तार गरेका अभियुक्तहरू विरुद्ध सरकारी वकिलको कार्यालयले छुटा छुट्टै चार वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको थियो ।
बिहीबार भएको थुनछेक बहसपछि गिरोहका मुख्य नाईके मोरङ कटहरी गाउँपालिका २ का २६ वर्षिय अभिषेक राय, २६ वर्षिय नन्दु भन्ने चन्दकिशोर साह, भारती सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षिय राजु साह, कटहरी २ का २७ वर्षि एलेक्स भन्ने रबिन शर्मा, विराटनगर १२ का २६ वर्षिय विकास महतो पुर्पक्षको लागि थुनामा राख्न आदेश भएको मोरङ अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरू विरूद्ध डाँका, हातहतियार खरखजना,अपराधिक लाभ लिन खोजिएको उद्योग र अपराधिक लाभ लिएको मुद्दा अदालतमा दर्ता भएको थियो ।
विद्यार्थी नेता महतो विरुद्ध अदालतमा ‘हातहतियार खरखजना’, अपराधिक लाभ लिन खोजिएको र अपारधिक लाभ लिन खोजिएको उद्योगमा मुद्दा दर्ता भएको थियो । महतो अपराधिक लाभ लिन खोजिएको उद्योग र अपराधिक लाभ लिन खोजिएको मुद्दामा साधरण तारेखमा अदालतले छोडन आदेश दिएको भए पनि उनलाई हातहतियार खरखजना मुद्दामा पुर्पक्षको लागि थुनामा राख्न अदालतले आदेश दिएको हो । पक्राउ परेका अन्य पाँच जना प्रतिवादीहरूलाई अपराधिक लाभ लिन खोजिएको उद्योगमा जनही २५/२५ हजार रुपैयाँ धरौटि तोकिएको छ । अपराधिक लाभ लिन खोजिएको उद्योग बाहेक अन्य मुद्दामा महतो बाहेक पाँच जना प्रतिवादहरूलाई थुनामा राख्न अदालते आदेश दिएको हो ।

विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गरोहका समूहलाई पेस्तोल विक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी महतोले ३५ हजार रुपैयाँ मुनाफा राखि १ लाख रूपैमा पेस्तोल विक्री गरेको खुलेको छ । विराटनगरमा संगठित अपराधको सञ्जाल विस्तार गरेका गिरोहका मुख्य नाइके अभिशेष रायको समूहलाई महतोले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाख रुपैयामा विक्री गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
विराटनगर १२ घर भएका २६ वर्षिय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पूसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलीकमको टावर बनाउन ठेक्का पटा पनि गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आउन थालेको छ । महतोको पाँच वर्ष अगाडी गिरोहका मुख्य नाइके अभिषेक रायसँग चिनजान भएको थियो । टावरको ठेक्का पट्टाको क्रममा अभिषसँग विकासको चिनजान भएको बयानको क्रममा महतोले बताएका छन् ।