खाँदबारी । संखुवाभाको मकालु गाउँपालिकाका दुई पुरुषलाई बालिका करणी गरेकाे आराेपमा प्रहरीले पक्राउ गरेकाे छ
उनिहरूलाई खादबारी नगरपालिका कि १६ वर्षीय बालिका र सभापाेखरीकी १५ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोष कुमार बुढाथोकीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा मकालु गाउँपालिका घर भएको २२ बर्ष र ३४ वर्षीय पुरूष रहेकाे प्रहरीले जनाएकाे छ । २२ वर्षीय पुरूषले खाँदबारीकी बालिकालाई भाद्र ३० गतेदेखि असोज ११ गतेसम्म पटक–पटक इच्छा विपरित करणी गर्ने गरेको तथा ३४ बर्षीयले सभापोखरी गाउँपालिकाकी १५ बर्षिया बालिकालाई भाद्र १८ गतेदेखि असोज ९ गतेसम्म पटक–पटक करणी गरेकाे पिडित ले दिएकाे जाहेरीमा उल्लेख रहेकाे छ ।
साेहि जाहेरीका आधारमा प्रहरीले उनिहरूलाई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।