इनरुवा । कर्मचारीमा कोरोना देखिएपछि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीले कार्यालयको कामकाज एक हप्ताको लागि बन्द गरेको छ ।

कार्यालयले सुचना जारी गर्दै सम्पूर्ण सेवा असोज २४ गते सम्मको लागि बन्द गरिएको जानकारी गराएको छ । कार्यालयद्वारा जारी सुचनामा भनिएको छ, ‘कार्यालयका केहि कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ । त्यसका अलावा अन्य कर्मचारी समेत बिरामी परेका छन् । सोही कारण केहि दिनका लागि कार्यालयको सम्पूर्ण कामकाज पूर्ण रुपमा बन्द गरिएको छ ।’

कार्यालयका कर्मचारीले दिएको जानकारी अनुसार अधिकांशजसो कर्मचारीमा रुघाखोकी र ज्वरोको समस्या देखा परेको छ । उनीहरु बिदा लिएर घरमा बसेका छन् ।

केहिमा कोरोना देखिएको र अन्य कर्मचारी समेत बिरामी परेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालको लागि कामकाज बन्द गर्ने निर्णय गरिएको कार्यालय प्रमुख षड्कुमार पोखरेलले बताए ।