विजयपुर । धरानका निजी तथा संस्थागत विद्यालयलाई स्थानीय तहले निर्णय नगरी कुनै शुल्क अशुल नगर्न माग गर्दै नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ समितिले विज्ञप्ति जारी गरेकाे छ ।

आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारणले विश्व नै आक्रान्त भइरहेको बेला कुनै प्रकारको कानुन विपरित शुल्क नलिन माग गरिएकाे हाे । नेपाल विद्यार्थी संघ मेहन्द्र क्याम्पस इकाई कार्यवाहक सभापति दाेर्ची शेर्पा द्वारा हस्ताक्षरित विज्ञप्ति मा कोरोनाको विश्व महामारीका कारण भएको ६ महिना भन्दा धेरै बन्दाबन्दिले न्यून आय भएकामात्र होईन मध्यमवर्गीय अभिभावक समेत आर्थिक मारमा परेर बिहान बेलुकाको गुजाराको लागिचिन्तित बनेको भन्दै हाल निजी विद्यालयहरुले अभिभावकहरुलाई भर्ना शुल्क र मासिक शुल्क गत २०७७ वैशाखदेखि नै कडाईका साथ तिर्न दबाब दिएको प्रति विरोध जनाउदै विज्ञप्ति जारी गरेको हो ।

जारी विज्ञप्तिमा हाल विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई मासिक तलब खुवाउनु पर्ने विद्यमान परिस्थितिमा पूर्ण रुपमा कुनै पनि शुल्क लिएर कमाउने नियत राख्नु गलत भएको उल्लेख खगरिएको छ । विज्ञप्तिमा सरोकारवाला पक्ष विद्यालय, अभिभावक, विद्यार्थी संगठन र स्थानीय निकायका प्रतिनिधिहरुबिच छलफल भई निर्णय नहुन्जेल कुनै शुल्क नलिन माग गरेको हो ।

विज्ञप्तिमा शुल्क तिर्न बाध्य बनाउने विद्यालयहरुलाई सम्बन्धित निकायले तत्काल कार्वाही गर्न पनि माग गरिएको छ । साथै अनलाईन कक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुका अभिभावकहरुलाई निर्णय आएपछि शुल्क बुझाउन समेत आग्रह गरिएको छ ।

122222