धरान । सुनसरीको कोशी गाउँपालिका–१ पुरी टोलको भित्री सडकमा चेकजाँचको क्रममा दुई युवालाई इलाका प्रहरी कार्यालय लौकहीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा को १७ प २८१९ नम्बरको मोटरसाइकल चालक तथा पछाडि सवार कोशी–५ का ३८ वर्षीय अशोक यादव र भारत त्रिवेणी ग्राम पञ्चायतका २२ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको हो ।
उनीहरूले बोरामा ल्याउँदै गरेको अवस्थामा डाइलेक्स डिसी ३५ बोतल, स्पास्मोप्रोक्सिभन प्लस लेखिएको ४५ फाइल (प्रति फाइल २४ क्याप्सुल) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीले मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।