ब्लाष्टखबर । काठमाडाैंकाे दरबारमार्ग क्षेत्रबाट कस्तुरीका बिनासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जिल्ला पाँचखाल नगरपालिका-८ चिसापानी घरभई हाल काठमाडाैंकाे बाैद्धमा बस्ने ३९ वर्षीय पासाङ लामा र साेहि ठाउँमा घर भएका डल्लुमा बस्ने ३६ वर्षीय रामकुमार लामा रहेकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार प्रतिबन्धित कस्तुरीको बिना अबैध रूपमा बिक्री वितरण गर्नका लागि ल्याएको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएकाे अनुसन्धान टोलीले आज दिउसाे २ बजे दरबारमार्गस्थित सालिकचोकबाट पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट २७ ग्राम तौल भएको प्रतिबन्धित कस्तुरीको बिना र ४ सेट माेबाइल बरामद गरेकाे महाशाखाले जनाएकाे छ ।