धरान । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका खोटाङ पूर्वआर्थिक विभाग प्रमुख सुदीप शर्मा पक्राउ परेका छन् ।

शुक्रबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शर्मा विरुद्ध उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट गरी फरार रहेको अभियोग थियो ।