ब्लाष्टखबर । लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भाेजपुरको रामप्रसाद राई गाउँपालिका-१ का ३५ बर्षीय ईच्छा कुमार राई रहकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
 
बिशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले  राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको  कार्यालयले जनाएको छ ।